परराष्ट्रमन्त्री खड्कासँग चिनियाँ विदेशमन्त्रीको भेटवार्ता

२०७८ चैत १२ शनिबार १६:२०:०० मा प्रकाशित

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच सिंहदरबारमा भेटवार्ता भएको छ । सिंहदरबारस्थित उनीहरुबीच भेटवार्ता भएको हो । भ्रमण तालिका अनुसार दुई देशका परराष्ट्रमन्त्रीबीच शनिबार भएको छलफलपछि प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ ।

त्यसपछि आजै नेपाल र चीनबीच विभिन्न सम्झौतामा दुईपक्षीय छलफल हुनेछ । चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछन् ।


 

ताजा खबर