ब्राजिल जी–२० बाट रूसलाई नहटाउने पक्षमा

२०७८ चैत ११ शुक्रबार २१:४८:०० मा प्रकाशित

ब्राजिलले रूसलाई जी–२० बाट हटाउन रोक्न ‘स्पष्ट रूपमा अडान’ राखेको छ । ब्राजिलका विदेश मन्त्रीले कार्लोस फ्राङ्काले भने, 'अमेरिकाले यूक्रेनमाथि आक्रमण गरेको आरोपमा यस समूहबाट मस्कोलाई हटाउन दबाव दिएको तर ब्राजिलको यस पक्षमा फरक अडान रहेको छ ।'

विदेश मन्त्री कार्लोस फ्रांकाले सिनेट बैठकमा भने, 'हामीले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामारूसलाई निष्कासित वा निलम्बन गर्ने पहल गरेको र यसको नतिजा देखेका छौँ । त्यसैले ब्राजिलले बहुपक्षीयता र अन्तर्राष्ट्रिय कानुनअनुसार नै आफ्नो परम्परागत अडानको पक्षमा उभिने छ र मस्कोलाई हटाउने पहलको विपक्षमा उभिने छ ।'

अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थव्यवस्थाको संगठन जी–२० समूहबाट रूसलाई हटाउने बिषयमा उभिने वा युक्रेनलाई पनि ‘बैठकहरूमा पनि उपस्थित हुन’ आमन्त्रित गर्ने बताएपछि ब्राजिलको उक्त धारण आएको हो । रूसलाई बहिष्कार गर्ने सन्दर्भले जी–२० सदस्यहरूलाई विभाजित गरेको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बालीमा नोभेम्बरमा हुने समूहको शिखर सम्मेलनबाट समूहमा रोक लगाउनुपर्ने बताएका छन् । तर चीनले रूसलाई ‘महत्वपूर्ण सदस्य’ भन्दै मस्कोको पक्षमा देखिएको छ । जी–२० को चक्रीय नेतृत्व (अध्यक्ष) इण्डोनेसिया ‘निष्पक्ष’ रहनेछ । फ्राङ्काले भने, ' शान्ति र सुरक्षाका विषयहरूमा बहस गर्ने ठाउँ जी–२० होइन संयुक्त राष्ट्र संघ हो ।

अहिलेको सबैभन्दा महत्वपूर्ण कुरा भनेको सबै अन्तर्राष्ट्रिय मञ्चहरू पूर्ण रूपमा क्रियाशील हुनु हो । यसको अर्थ रूसलगायत सबै देशहरू उपस्थित हुनु हो । राष्ट्रपति जाइर बोल्सोनारोले युक्रेन द्वन्द्वमा ब्राजिल तटस्थ रहन जोड दिएपछि ब्राजिलका मन्त्रीको पनि यसै लाइनमा भनाइ आएको हो ।

ताजा खबर