ओली दक्षिणपन्थीसँग मिल्न खोजिरहेका छन्ः माधव नेपाल

२०७८ चैत ११ शुक्रबार १३:५५:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी गठबन्धन गर्न सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहकोमा जाने गरेको आरोप लगाएका छन् ।

शुक्रबार पार्टी निकट महिला संघको भेलालाई काठमाडौमा सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओली पूर्वराजासँग गठबन्धन गर्न लागेको आरोप लगाएका हुन् ।

उनले ओली दक्षिणपन्थीसँग मिल्न खोजेको आरोप लगाए । उनले भने, ‘केपी शर्मा ओली हाम्रो गठबन्धन टुटाउन खोज्दैछन् । त्यसका लागि सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेका छन्, राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन् ।’ उनले नेकपा एमालेले आफ्नो पार्टीकाबारेमा भ्रम फैलाउन थालेको बताए ।

अध्यक्ष नेपालले आफ्ना पार्टीका मन्त्रीहरु प्रेमबहादुर आले र किसान श्रेष्ठ एमालेमा प्रवेश गर्न लागेको भनेर एमालेले हल्ला चलाएको बताए । तर, त्यो भ्रम अहिले चिरिसकेको उनको भनाई थियो । उनले भने, ’प्रेम आले र किसान श्रेष्ठ बालकोटमा गए भनेर हल्ला फिजाइएको थियो। कुप्रचार गर्न खप्पिस भएकाहरुले हल्ला फिजाउँछन् ।’

ताजा खबर