इटली विश्व कप छनोटबाट बाहिरियो

२०७८ चैत ११ शुक्रबार ०९:५१:०० मा प्रकाशित

काठमाडौं । युरोपेली च्याम्पियन इटलीले आगामी विश्व कप फुटबल खेल्न नपाउने भएको छ । विश्व कप छनोटको युरोपेली प्लेअफमा गएराति नर्थ म्यासेडोनियासँग पराजित भएसँगै इटलीले विश्व कप खेल्ने अवसर गुमाएको हो । विश्व कपको आशा बाँकी राख्न इटलीले गएराति नर्थ म्यासेडोनियालाई हराउनै पर्ने थियो । तर ऊ १–० ले पराजित भयो ।

नर्थ म्यासेडोनियाको लागि खेलको इन्जुरी समयको अन्तिम मिनेटमा ट्राजकोभ्स्कीले गोल गरे । इटलीले यसअघिको विश्व कप फुटबल पनि गुमाएको थियो । गएराति नै भएको अर्को खेलमा टर्कीलाई ३–१ गोलले हराउँदै पोर्चुगलले भने विश्व कप छनोटको सम्भावना बलियो बनाएको छ । पोर्चुगलको लागि ओटाभिओ, जोता र नुन्सले गोल गरे । अब पोर्चुगल र नर्थ म्यासेडोनियाबीच आउँदो मङ्गलवार हुने खेलको विजेताले विश्व कपमा स्थान बनाउनेछ ।
 

ताजा खबर