प्रधानमन्त्री र निर्माण व्यवसायीबीच भेट

२०७४ असार ८ बिहीबार १८:४६:०० मा प्रकाशित

काठमाडौं, ८ असार ।  नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी व्यवसायीका समस्याबारे जानकारी गराएको छ ।  महासंघ अध्यक्ष शरदकुमार गौचन नेतृत्वको टोलीले प्रधानमन्त्री देउवालाई उनकै कार्यालय सिंहदरबारमा भेटी व्यवसायीहरुका समस्याबारे अवगत गराएको हो ।

टोलीले सार्वजनिक खरिद ऐनको पहिलो संशोधन र सार्वजनिक खरिद नियमावलीको चौथौं संशोधनले सम्बोधन नगरेका र त्रुटिपूर्ण भएका संशोधन र अव्यवहारिक तथा सार्वजनिक खरिद कार्य नै प्रभावित हुने दफा तथा नियमहरु संशोधन गर्न ध्यानाकर्षण गराएको छ । 

जवाफमा प्रधानमन्त्री देउवाले सम्बन्धित मन्त्रालयका पदाधिकारीहरुसँग छलफल गरी व्यवसायीहरुका माग सम्बोधन गर्न प्रयास गर्ने आश्वसन दिएको भेटमा सहभागि रामजी पन्तले जनकारी दिए ।

ताजा खबर