चैत मसान्तभित्र उम्मेदवारको टुंगो लगाउने मातहतका कमिटीलाई एमालेको निर्देशन

२०७८ चैत १० बिहीबार १५:४७:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवार टुंगो लगाउन निर्देशन दिएको हो । दुई दिनसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले मातहतका कमिटीलाई चैत मसान्तभित्र उम्मेदवार टुंगो लगाउन मातहतका कमिटीलाई निर्देशन दिएको हो ।

प्रचार विभाग उपप्रमुख विष्णु रिजालले तल्ला कमिटीलाई चैत मसान्तभित्रै उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिइएको जानकारी दिए ।

उनका अनुसार वडाले पालिकालाई, पालिकाले जिल्लालाई, जिल्लाले प्रदेश, प्रदेशले केन्द्रलाई उम्मेदवार सिफारिसको काम चैत मसान्तभित्रै गरिसक्नुपर्नेछ । वडादेखि महानगरसम्म सबै तहका लागि कम्तीमा एकजना महिलासहित तीनजनाको नाम सिफारिस गर्न निर्देशन दिइएको छ।

 

ताजा खबर