आइएसको आक्रमणमा मालीमा १६ सैनिकको मृत्यु

२०७८ चैत ९ बुधबार २२:०९:०० मा प्रकाशित

मालीमा भएको छुट्टाछट्टै दुई आक्रमणमा परी १६ सैनिकको मृत्यु भएको र १८ जना घाइते भएका छन् । मालीको साहेल राज्यमा फैलिएको पछिल्लो हिंसामा मङ्गलबार अबेरसम्म भएका झडपमा देशको उत्तरपूर्व र मध्यक्षेत्रमा इस्लामिक स्टेट समूहको संलग्नता रहेको पुष्टि गरिएको छ । आक्रमणमा ३७ विद्रोही पनि मारिएका र उनीहरूबाट ठूलो पैमानामा हतियारहरू जफत् गरिएको सेनाले बताएको छ ।

दुई करोड १० लाख जनता भएको गरिब राष्ट्र मालीले छिमेकी बुर्किना फासो र नाइजरमा फैलिनुअघि सन् २०१२ मा देखा परेको जिहादी विद्रोहलाई रोक्न सङ्घर्ष गर्दै आएको छ ।

यस युद्धमा हजारौं सिपाही तथा नागरिकहरू मारिएका छन् र सयौं हजार मानिसहरू आफ्नो घर छोडेर भागेका छन् । सन् २०२० मा सत्ता कब्जा गरेको मालीको सत्तारूढ सैन्य प्रशासनले जिहादी समूहसँग निरन्तर लड्दै आएको छ ।

ताजा खबर