लेटाङ घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

२०७८ चैत ९ बुधबार १६:५१:०० मा प्रकाशित

विराटनगर । मोरङको लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरी भएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । प्रदेश नम्बर–१ प्रहरी कार्यालय विराटनगरले घटना छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा समिति गठन गरेको हो ।

घटनाको सबै पक्षको अनुसन्धान गर्ने र दोषी पत्ता लगाउने गरी समितिलाई कार्यादेश दिइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

लेटाङमा छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको घटनापछि गएको आइतबार झडप भएको थियो । आक्रमणमा परी प्रहरीजवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । घटनामा २५ प्रहरी र सात सर्वसाधारण घाइते भएका छन् ।


 

ताजा खबर