सहमतिपछि सुर्खेतमा यतायायात संचालन

२०७८ चैत ९ बुधबार ११:२८:०० मा प्रकाशित

सुर्खेत । प्रशासन र यातायात व्यवसायीबीच सहमति भएपछि सुर्खेतको सार्वजनिक यातायात सेवा खुलेको छ । बुधवार बिहानदेखि यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधन नचलाउने घोषणा गरेका थिए । निजी गाडीले यात्रु बोकेको विरोधमा सुर्खेतका यातायात व्यवसायीले आफ्ना गाडी नचलाउने घोषणा गरेका थिए ।

निजी गाडीले यात्रुहरु बोकेको कुरामा ट्राफिक प्रहरीले नियमन गर्ने सहमति भएपछि यातायात खुलेको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार हाललाई ट्राफिक प्रहरीले यो कुरालाई अनुगमन गर्ने र आवश्यक परेको खण्डमा व्यवसायीले पनि आफ्ना प्रतिनिधि पठाउन सक्ने सहमति भएको छ । अघोषित रुपमा गरिएको सार्वजनिक यातायात बन्द गरिएपछि यात्रु मर्कामा परेका थिए ।

निजी गाडीले मनपरी भाडा असुलेर यात्रु बोकेको र यसलाई प्रशासनले नियमन गर्ने प्रयास नगरेको भन्दै यातायात व्यवसायीहरुले सार्वजनिक सवारी नचलाउने घोषणा गरेका थिए।


 

ताजा खबर