नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

२०७८ चैत ८ मंगलबार १७:५९:०० मा प्रकाशित

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १६.०४ अङ्कले उकालो लागेर दुई हजार ६५०.७० मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.०३ अङ्कले उकालो लागेर ४९९.३३ मा पुगेको छ ।

नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने अपेक्षित वृद्धि भएन । कूल २३५ कम्पनीको ५३ लाख २९ हजार ९९३ कित्ता शेयर दुई अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ मा खरिद बिक्री भए । कारोबार भएका विभिन्न १३ उपसमूहमध्ये आज तीनको शेयर मूल्यमा गिरावट देखियो भने १० उपसमूहको शेयर भने उकालो लाग्यो ।

व्यापार १०.५४, जलविद्युत् १३.२९ र वित्त ७.८७ अङ्कले ओरालो लागे । बैंकिङ ६.८१, होटल तथा पर्यटन २०.१७, विकास बैंक ५६.७५, निर्जीवन बीमा ८४.६५, उत्पादन ४९.६३, अन्य २८.६१, लघुवित्त २६.३९, जीवन बीमा २६८.८८, सामूहिक लगानी कोष ०.२ र लगानी ०.५२ अङ्कले उकालो लागे । आजको कारोबारपछि बजार पूँजीकरण ३७ खर्ब ५८ अर्ब नौ करोड ७० लाख ९२ हजार ४३३ बराबर पुगेको छ । कारोबारका आधारमा प्रभु इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ ।

सो कम्पनीको  १५ करोड ३३ लाख ४० हजार बराबरको कारोबार भयो । नेपाल दूरसञ्चार कम्पनी १० करोड ७१ लाख ९६ हजार ५६४, शिवम् सिमेन्ट आठ करोड ६२ लाख ३७ हजार ७३८, ज्योति विकास बैंक आठ करोड १८ लाख ८३ हजार ३२६ र जीवन विकास लघुवित्त आठ करोड पाँच लाख ५२ हजार ७७१ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहे ।

नेप्सेका अनुसार, इमर्जिङ नेपाल ९.९९, राष्ट्र उत्थान लघुवित्त ६.०९, नेपाल लाइफ इन्स्योरेन्स ५.१८, समता घरेलु लघुवित्त ४.७७ र एनएमबी हाइब्रिड फण्ड एकका लगानीकर्ताले २.७६ प्रतिशतले कमाए । सानिमा बैंकको ऋणपत्र २.८६, कालिका पावर कम्पनी २.८१, ङादी ग्रुप अफ पावर २.४४, मैलुङ खोला जलविद्युत् कम्पनी २.३५ र शिव श्री हाइड्रो पावरका लगानीकर्ताले २.१६ प्रतिशतले गुमाए ।

ताजा खबर