४५ जनामा कोरोना संक्रमण, १४७ जना संक्रमणमुक्त

२०७८ चैत ७ सोमबार १६:४१:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै १४७ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा १०६ जना छन् भने आइसोलेसनमा ३१३५ जना संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर