चिनियाँ विदेशमन्त्री वाङ शुक्रबार नेपाल आउने

२०७८ चैत ७ सोमबार १३:३८:०० मा प्रकाशित

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री वाङ यी चैत ११ गते शुक्रबार नेपाल आउने भएका हुन् ।

नेपाल भ्रमणका क्रममा विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । शनिबार उनले समकक्षी डा. नारायण खड्कासँगको द्वीपक्षीय वार्ता गर्ने छन् ।

ताजा खबर