एमाले उपाध्यक्ष पौडेल नेतृत्वको टोली चीन प्रस्थान

२०७८ चैत ७ सोमबार ०९:३१:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहितका नेता चीन प्रस्थान गरेका छन् । उपाध्यक्ष पौडेलको नेतृत्वमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र केन्द्रीय सदस्य मीना रखाल सोमबार बिहान चीन प्रस्थान गरेका हुन् ।

प्रतिनिधिमण्डलले चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन एण्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । प्रतिनिधिमण्डल यही चैत १४ गते नेपाल फर्किने कार्यक्रम छ ।

ताजा खबर