थाइल्यान्डविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने जाने टोलीको बिदाइ

२०७८ चैत ६ आइतबार २०:००:०० मा प्रकाशित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड जाने नेपाली राष्ट्रिय फुटबल टिमलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले आइतबार बिदाइ गरेको छ । नेपाली टोली सोमबार थाइल्यान्ड जानेछ ।

थाइल्यान्डमा नेपालले दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले थाइल्यान्डसँग चैत १० गते अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ भने चैत १३ गते थाइल्यानडको क्लब चोनबरी एफसीसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

दुवै खेल चोनबरीमा हुने एन्फाले जनाएको छ । एएफसी एसियन कप छनोटको तयारीका लागि नेपालले थाइल्यान्ड भ्रमण गरेको हो । नेपाल एएफसी एसियन कपको तेस्रो चरणमा छ ।

ताजा खबर