३७ जनामा कोरोना संक्रमण, ३८२ जना संक्रमणमुक्त

२०७८ चैत ६ आइतबार १६:१८:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ४०६१ जनामा गरिएको नमूना परीक्षणमा ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ३८२ जना संक्रमणमुक्त भएका छन् । यसअवधिमा कोभिडबाट कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या तीन हजार २४१ छ ।


 

ताजा खबर