इलाममा एमालेको शक्ति प्रदर्शन

२०७८ चैत ६ आइतबार १४:३६:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले पूर्वप्रधानमन्त्री झलनाथ खनालको क्षेत्र इलाममा शक्ति प्रदर्शन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले आइतबार इलामको सूर्योदय नगरपालिकामा आयोजित जनसभामा सहभागी भएका छन् ।

फिक्कल बजार इलामको निर्वाचन क्षेत्र नम्बर १ मा पर्दछ । सो बजारमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई ओलीले स्वागत गरेका छन् । इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए । खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गरेको हो ।

ताजा खबर