स्रोत नखुलेको नगद २२ लाखसहित पोखराबाट एकजना पक्राउ

२०७८ चैत ६ आइतबार १३:१३:०० मा प्रकाशित

पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाल रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो । काठमाडौंबाट पोखरातर्फ गइरहेको बा.३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो । उनकाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर