म्यान्मारमा कार दुर्घटनामा परी ७ जनाको मृत्यु

२०७८ चैत ६ आइतबार ११:५५:०० मा प्रकाशित

म्यानमारमा कार दुर्घटनामा कम्तीमा पनि सात जनाको ज्यान गएको छ । म्यानमारको पाथिन चागोथा भन्ने स्थानमा कार दुर्घटनामा परी सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

एक निजी कार बससँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ । बसको ठक्करबाट कारमा रहेका कम्तीमा सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । कारमा सवार व्यक्ति एकै परिवारका हुनसक्ने अनुमान गरिएको छ ।

बसको ठक्करबाट घाइते भएका उनीहरुलाई अस्पताल पुर्याइएको थियो । तर गम्भीर रुपमा घाइते भएका सबैको सो अस्पतालमा निधन भएको थियो । मृत्यु हुनेमा तीन महिला र दुई बालबालिका पनि रहेका छन् ।

ताजा खबर