रिजाल र शेरचनलाई ‘वानीरा पुरस्कार’

२०७८ चैत ५ शनिबार १७:२०:०० मा प्रकाशित

काठमाडौं । प्रसिद्ध साहित्यकार कालीप्रसाद रिजाललाई ‘वानीरा प्रज्ञापुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यकार डा. वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ छ ।

यसैगरी नेपाली भाषा र साहित्यमा समर्पित कवयत्री श्रीमती उषा शेरचनलाई पचास हजार रुपैयाँसहितको ‘वानीरा पुरस्कार’ प्रदान गरिने भएको छ । डा. वानीरा गिरीको ७९औँ जयन्तीका अवसरमा आगामी वैशाख २० गते काठमाडौँमा वानीरा फाउन्डेशन भवनको उद्घाटनका क्रममा ती पुरस्कार प्रदान गरिने फाउन्डेशनले जनाएको छ ।

फाउन्डेशनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

ताजा खबर