समाजवाद, विकास र समृद्धिका लागि पार्टी लागिपरेको छः अध्यक्ष नेपाल

२०७८ चैत ५ शनिबार १६:३९:०० मा प्रकाशित

गोरखा । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउने बताएका छन् । गोरखा सदरमुकाममा शनिबार आयोजित पार्टीका जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले नेकपा एमालेको अब कुनै राजनीतिक भविष्य नभएकाले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टीका रुपमा स्थापित गर्नुपर्ने बताएका हुन् ।

'हामीले जनसेवाको भावनाले ओतप्रोत भएर गरिब र दीनदुःखी जनता, विपन्न, बेसहारा, दलित र अत्याचारमा परेका नेपाली तथा जुनसुकै वर्ग समुदायका देशभक्त नेपालीको हितको कल्याण गर्ने पार्टी निर्माण गर्नुपर्छ”, उनले भने, 'यो पवित्र भावले लाग्दाखेरी यो पार्टीको भविष्य रहन्छ ।'

अध्यक्ष नेपालले अहिले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको ओइरो लागेको भन्दै आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर देशभर चलिरहेको बताए । 'नक्कली सोच र विचारले केही हुनेवाला छैन, अबको स्थानीय तहको चुनावले त्यसको फैसला गर्नेछ', उनले भने, 'एकीकृत समाजवादी क्रान्तिकारी सोचका साथ अघि बढेको छ, समाजवाद, विकास र समृद्धिका निम्ति देशभक्तिको झण्डा उठाएका छौँ ।'

 

ताजा खबर