मस्कोलाई अविलम्ब अर्थपूर्ण शान्ति वार्ता गर्न जेलेन्स्कीको आह्वान

२०७८ चैत ५ शनिबार १२:५६:०० मा प्रकाशित

रुसी सेना युक्रेनको महत्वपूर्ण सहर मारिओपोलको केन्द्रमा पुगेपछि त्यहाँ दुई पक्षबीच सङ्घर्ष भइरहेको छ । रुसी सञ्चारमाध्यमले यसबारे विवरणहरू प्रकाशित गरेका थिए।

मारिओपोलका नगरप्रमुखले भाडिम बोइचेन्कोलेसहरको केन्द्रमा सङ्घर्ष भइरहेको पुष्टि गरेका छन् । यद्यपि गत साता रुसी सैनिकहरू युक्रेनमा खासै अघि बढ्न नसकेको सैन्य विश्लेषकहरूले बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी पक्षले गोलाबारी गरिरहेकाले अझै पनि मारिओपोलबाट गैरसैनिक नागरिकहरूलाई सुरक्षित रूपमा अन्यत्र जान बाटो दिन नसकिएको बताएका छन् ।

युक्रेनका राष्ट्रपतिले मस्कोलाई अविलम्ब अर्थपूर्ण शान्ति र सुरक्षावार्ता गर्न आह्वान गरेका छन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा आयोजित एउटा सभामा बोल्दै आफ्नो सेनाको प्रशंसा गरेका छन् ।

युक्रेनमा आक्रमण गरेपछि रुसका लागि आफ्ना गल्तीबाट हुने क्षति सीमित पार्ने यो मात्र एउटा अवसर भएको जेलेन्स्कीको भनाइ छ । राति गरेको भिडियो सम्बोधनमा उनले रुसका लागि उसले गरेका गल्तीहरूबाट हुने क्षति घटाउने केवल यो मात्र एउटा अवसर भएको बताए ।
 

ताजा खबर