सन् २०१७ :  बलिउडका ५ हिट फिल्म 

२०७४ पौष १५ शनिबार १६:३६:०० मा प्रकाशित

बलिउडमा सन् २०१७ मा करिब ३  सयभन्दा बढी फिल्महरु प्रर्दशनमा आए तर दर्शकमा प्रभाव भने खासै छोड्न सकेनन् ।  केही फिल्म मात्र हिटको दर्जामा देखिए ।  यस्ता  हिट फिल्मले लगानी पनि राम्रै उठायो । झन  ठूला बजेटका फिल्मको खासै प्रभाव देखिएन । केही फिल्म गीतका कारणले हिट भए भने केही कलाकारको अभिनयले । ‘गीत हिट तो फिल्म हिट’ भन्ने बलिउडको पुरानो भनार्इ यस वर्ष खासै चल्न सकेन ।

१.ट्वाइलेटः एक प्रेमकथा
अक्षय कुमार, भूमि पेडनेकर, दिभ्यन्दु, सुधीर पाण्डे, अनुपम खेर लगाएतका कलाकारहरुको अभिनय रहेको यस फिल्ममा 
शौचका लागि खेत वा जंगलतिरै जानुपर्छ भन्ने भारतीय परम्परागत रुढीवादी सोचलाई राम्रो दनक दिइएको छ ।  फिल्मले सामाजिक चेतना कसरी निर्माण गर्नुपर्छ भन्ने कुरा सिकाउँछ । फिल्मका निर्देशक श्री नारायण सिंह हुन । 

२. मम 
अभिनेत्री श्रीदेवी, अक्षय खन्ना, नवाजुद्दिन सिद्दकी, अदनान सिद्दिकी, अभिमन्यू सिंह, सजल अलीको अभिनय रहेको फिल्म हो मम । 
फिल्मले  आमाहरु शक्ति र उनीहरुले आफनो छोराछोरीहरुका निम्ती देखाएको साहसको कुरा फिल्ममा देखाइएको छ । एउटा आमाले आफनो छोरीको लुटिएको इज्जतको बदला कसरी लिन्छिन् भन्ने कुरा फिल्मको कथामा देखाउन खोजिएको छ । फिल्मलाई रवि उदयावर निर्देशन गरेका हुन । 

३.हिन्दी मिडियम 
इरफान खान, सबा कुमर, दीपक दोब्रियाल लगाएको अभिनय रहेको यस फिल्मले भाषाको बारेमा कथा उठाएको छ । 
भाषाले अहिलेको समाजलाई  कसरी बदलिरहेको छ भन्ने कुरा फिल्मको मुख्य बिषय हो । भाषा भनेको अंग्रेजी मात्र हुदैन अन्य धेरै भाषाहरु हुन्छन् भन्ने कुरा फिल्मले बताउा खोजेको छ । फिल्मलाई संकेत चौधरी निर्देशन गरेका हुन । 

४. बाहुबली–२ः दि कन्क्लुजन 
प्रभास, राना डग्गुवती, अनुष्का शेट्टी, सत्यराज, तमन्ना, नसार, रम्य कृष्णनको अभिनय रहेको यस फिल्ममा खोट लगाउने ठाउँ कतै छैन । फिल्मको भिजुअलले नै दर्शकको मन जितेको छ । फिल्मको निर्देशन एसएस राजामौली गरेका हुन ।

५.जोली एलएलबी–२ 
अक्षय कुमार, हुमा कुरेशी, अनु कपुर, सौरभ शुक्ला लगाएका कलाकरहरुको अभिनय रहेको यस फिल्म कानुनी किताब नपढे पनि सडकमा च्याम्बर राखेर वकालत सकिन्छ भन्ने कुरा देखाएको छ । फिल्ममा नायक  अक्षय कुमारले अदालतका कोठाबाटै सिकेर आफूलाई जोली एलएलबी बनाउन गरेको संघर्ष नै फिल्मको कथा हो । आफुमाथी आउने बिभिन्न कठिनाइलाई अक्षयले कसरी समाधान गर्छन भन्ने कुरा फिल्ममा छ । फिल्मलाई सुवास कपुरले निर्देशन गरेका हुन 
 


 
 

ताजा खबर