युक्रेन-रुस द्वन्द्वका विषयमा अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता

२०७८ चैत ४ शुक्रबार २१:४६:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी भएको छ । युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उनीहरुले भिडियो कुराकानी गरेका हुन् ।

कुराकानीका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनलाई चिनियाँ राष्ट्रपति सिले रुस–यूक्रेन युद्ध कुनै एउटाको मात्रै चासो, सरोकार र चिन्ताको विषय नभएको बताएका थिए । अन्तर्राष्ट्रिय समुदायका लागि शान्ति, सुरक्षा सबैको चासो र सरोकारको विषय भएकाले दुई देशको युद्धलाई पनि सबैले साझा चिन्ताको विषयका रुपमा दुवै जनाले छलफल गरेका जनाइएको छ ।

राष्ट्रपति सिले अन्तराष्ट्रिय चासो, शान्ति तथा सुरक्षाको विषय चीन र अमेरिकाको अन्तराष्ट्रिय जिम्मेवारी पनि भएको बताएका थ्एि । उनीहरुले रुस–यूक्रेन मामिला बाहेक अन्य विषयमा पनि छलफल गरेका सरकारी अधिकारीले उल्लेख गरेका छन् ।

अमेरिका–चीन सम्वन्धलाई थप सुमधुर बनाउन पनि अहिलेको कुराकानी सहयोगी भएको दुवै पक्षले जनाएका छन् । गत नोभेम्बरमा भएको भिडियो सम्मेलनपछि उनीहरुका बीचमा अहिले मात्रै कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ ।

ताजा खबर