स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

२०७८ चैत ४ शुक्रबार १६:०५:०० मा प्रकाशित

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिएका छन् ।

उनकाअनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताका लागि छुट्याइएको छ । जसका आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । त्यसैगरी वैशाख १२ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको नामको सूची प्रकाशित गर्ने आयोगले जनाएको छ ।

वैशाख १३ मा उम्मेदवारविरुद्ध उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगले जनाएको छ । त्यस्तै १७ गते चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।

ताजा खबर