घुस लिएर सवारी चालक अनुमतिपत्र दिने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०७८ चैत ४ शुक्रबार १४:४७:०० मा प्रकाशित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएर सवारी चालक अनुमतिपत्र दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले उनीहरुविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले गण्डकी प्रदेश, पोखरामा कार्यरत तत्कालीन निमित्त कार्यालय प्रमुख पौडेल र हरिप्रसाद गौतमसमेत ९ जनाविरुद्ध परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

उनीहरुले विभिन्न वर्गका सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तिर्ण र अनुपस्थित परीक्षार्थीलाई पनि उत्तिर्ण गर्ने र उत्तिर्ण भएका परीक्षार्थीलाई अनुत्तिर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरेको अख्तियारको आरोप छ ।

ताजा खबर