अब उपचार गर्न अस्पताल जाँदा पीसीआर परीक्षण गर्नु नपर्ने

२०७८ चैत ४ शुक्रबार १३:४२:०० मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को सङ्क्रमणको लक्षण नदेखिएका व्यक्तिले अस्पतालमा उपचारका लागि पीसीआर परीक्षण गराउनुनपर्ने बताए ।

यसअघि अस्पतालमा उपचारका लागि जाँदा पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो । सरकारले पीसीआर परीक्षणको शुल्क आठ सय रुपैयाँ तोेकेको छ । अस्पतालमा जाँदा खोप कार्ड भने अनिवार्यरुपमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।

ताजा खबर