निर्वाचनमा प्रतिगामी शक्ति पराजय हुन्छः अध्यक्ष नेपाल

२०७८ चैत ३ बिहीबार १५:३८:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी प्रवृत्तिलाई निर्वाचनमा जनताले दण्डित गर्ने बताएका छन् ।

फागुपर्वका अवसरमा पार्टीले बिहीबार आयोजना गरेको होली मिलन तथा शुभकामना समारोहमा अध्यक्ष नेपालले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा लोकतन्त्र र संविधानको पक्षमा क्रियाशील राम्रा विचार बोकेका दलले विजय हासिल गर्ने बताए । उनले भने, “प्रतिगामी तथा अहंकारी व्यक्ति होलिका दहन भएजस्तै पराजय हुने छन् । ”

अध्यक्ष नेपालले बहुभाषिक बहुसांस्कृतिक मुलुकमा सबै जाति समुदायको संस्कृतिले प्रेम सद्भाव अभिवृद्धि गरी नेपाली समाजलाई एकताबद्ध बनाउन सहयोग पुर्याउने बताए । विविधताले सजिएको हाम्रो समाजमा एक अर्काका पर्व संस्कृतिलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले भने,“नेपाली भएकामा हामीले गौरब गर्नुपर्छ, देशप्रति समर्पित हुनुपर्छ, यसले अनेकतामा एकता कायम गर्दछ ।”

ताजा खबर