जापानमा ७.३ रेक्टर स्केलको भूकम्प, दुईको मृत्यु, ९२ जना घाइते

२०७८ चैत ३ बिहीबार १३:१४:०० मा प्रकाशित

जापानमा गएको भूकम्पामा परी २ जनाको ज्यान गएको छ भने अरु ९२ जना घाइते भएका छन् । उत्तरपूर्वी जापानमा गएको सो भूकम्प ७.३ रेक्टर स्केलको रहेको बताइएको छ । बुधबारको भूकम्पबाट भएको अरु क्षतिको विवरण संकलन भइरहेको बताइएको छ । उत्तरपूर्वी जापानका मियागी र फुकुसिमा प्रिफेक्चर भूकम्पबाट प्रभावित भएका छन् ।

जापानको अग्नि तथा प्रकोप व्यवस्थापन विभागका अनुसार भूकम्प ७.४ रेक्टर स्केलको रहेको बताइएको छ । राति ११.३६ को समयमा भूकम्पको महसुस गरिएको थियो । फुकुसिमा र मियागी प्रान्तमा भूकम्पले बढी हल्लाएको बताइएको छ ।

भूकम्पलगत्तै सुनामीको चेतावानी दिइएको थियो । तर पछि सुनामीले असर भने नगरेको उद्धारमा खटेका अधिकारीहरुले जनाएका छन् । यी दुई प्रिफेक्चरका समुद्रमा एक मिटरसरम्म माथि आएको मापन गरिएको थियो । पछि सो तह घटेकाले सुनामीको खतरा टरेको थियो ।

ताजा खबर