पोल्यान्डकी क्यारोलिनालाई विश्व सुन्दरीको ताज

२०७८ चैत ३ बिहीबार १०:१३:०० मा प्रकाशित

काठमाडौं । यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको ताज पोल्यान्डकी क्यारोलिना बेइलावस्काले पहिरिएकी छन् । बिहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वल्र्ड ग्रान्ड फिनालेमा उनी विजेता घोषित भएकी हुन् ।

 अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भइन् । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज पहिर्याइन् । कोरोना महामारीको कारण यसपटकको फिनालीमा ४० जना सुन्दरीले मात्र भाग लिएका थिए । नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम १२ मा छनौट हुन सकिनन् ।
 

ताजा खबर