साना दललाई चुनाव चिन्ह दिने आयोगको निर्णय

२०७८ चैत २ बुधबार १८:४४:०० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता नपाएका साना दललाई आगामी निर्वाचनमा चुनाव चिन्ह दिने भएको छ । बुधबार बसेको आयोगको बैठकले चुनाव चिन्ह दिने प्रयोजनका लागि ती दलहरूको कुन–कुन जिल्लाका संगठनको कस्तो अवस्था छ, त्यसको विवरण माग्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ मा यसअघि भएको चुनावमा बाहेक आगामी चुनावहरूमा राष्ट्रिय मान्यता नपाएको दलले आफ्नो दलको चिन्ह नपाउने व्यवस्था रहेको थियो । राष्ट्रिय मान्यता पाएका ६ दलले मात्र चुनावमा जाँदा आफ्नो दलको चिन्ह पाउने र अन्य दलले स्वतन्त्रको हैसियतले चिन्ह पाउने भएपछि ती दलहरुले विरोधका कार्यक्रमहरु गर्दै आएका थिए ।

ताजा खबर