न्युजिल्याण्डद्वारा पर्यटकका लागि सीमा नाका खुल्ला

२०७८ चैत २ बुधबार १५:२८:०० मा प्रकाशित

न्युजिल्याण्डले पर्यटकहरूका लागि सीमा नाका खुल्ला गर्ने भएको छ । कोरोनाभाइरसको महामारीका कारण लामो समय सीमा नाका बन्द गर्दै आएको न्युजिल्याण्डले महामारी कम भएको ठहर गर्दै सीमा नाका खुल्ला गर्ने निर्णय गरेको हो ।

त्यसैगरी विदेशी पर्यटकहरुलाई स्वदेश प्रवेशमा रोक लगाउँदा अर्थतन्त्रमा समेत नकारात्मक असर परेकाले अर्थतन्त्रमा सुधार गर्न पनि सिमा नाका खुल्ला गर्नुपरेको अधिकारीले जनाएका छन् ।

अष्ट्रेलियाका विद्यालयमा विदाको समय सुरु भएकै बेला न्युजिल्याण्ड सरकारले यस्तो निर्णय गरेको हो । स्थानीय समय अनुसार आगामी अप्रिल १२ तारिखको राति ११.५९ देखि अष्ट्रेलियाका नागरिकलाई न्युजिल्याण्ड घुम्न दिने निर्णय भएको प्रधानमन्त्री जसिन्दा अर्डेर्नले बुधबार जानकारी दिइन् ।

उनका अनुसार त्यसको साढे दुई हप्तापछि खोप लगाएका छ देशका पर्यटकहरुलाई पनि न्युजिल्याण्ड प्रवेश गर्न दिइने छ । न्युजिल्याण्डले दोस्रंो चरणमा बेलायत, अमेरिका, जापान, जर्मनी, दक्षिण कोरिया र सिङ्गापुरका पर्यटकहरुलाई प्रवेश खुल्ला गर्ने भएको हो ।

ताजा खबर