तीन डीआईजी एआइजीमा बढुवाका लागि सिफारिस

२०७८ चैत १ मंगलबार २०:०६:०० मा प्रकाशित

काठमाडौं । सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजीहरु) वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरेको छ ।

मंगलबार गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

ताजा खबर