संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

२०७८ चैत १ मंगलबार १७:५२:०० मा प्रकाशित

काठमाडौं । सरकारले चालु संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार आज मध्यरातिदेखि लागू हुनेगरी मन्त्रिपरिषदले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । संसद अधिवेशनको आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । गत भदौ २३ मा सुरु भएको संसद अधिवेशन एमालेका कारण लगातार अवरुद्ध हुदै आएको छ ।

ताजा खबर