नेप्सेमा दोहोरो अङ्कको गिरावट

२०७८ चैत १ मंगलबार १७:३३:०० मा प्रकाशित

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अङ्कले घटेको छ । सोमबार ब्रोकर कम्पनीको डेटा सेन्टरमा समस्या भए पनि कारोबारमा व्यवधान खडा भएको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १७.१५ अङ्कले ओरालो लागेर दुई हजार ६५०.९७ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२६ अङ्कले आरालो लागेर ५०२.५९ मा झरेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि सस्तोमा समेटिएको छ ।

कूल २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता शेयर तीन अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ बराबरको कारोबार भयो । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ ।

होटल तथा पर्यटन ९७.७, निर्जीबन बीमा ६७.३३, जीवन बीमा १०२.७४ र सामूहिक लगानी कोष ०.०९ अङ्कले उकालो लागेको छ । बैंकिङ ११.७८, व्यापार २७.९२, विकास बैंक १२.९१, जलविद्युत् ४५.३६, वित्त ११.४२, उत्पादन १०४.४१, अन्य ३५.५८, लघुवित्त ३९.४९ र लगानी ०.७२ अङ्कले ओरालो लागेको छ ।

मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ५८ अर्ब ४७ करोड ९६ लाख ५७ हजार ६४६ बराबर पुगेको छ । कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड शीर्ष स्थानमा छ । सो कम्पनीको ३४ करोड २३ लाख ५७ हजार १९४ बराबरको कारोबार भयो ।

अपि पावर कम्पनी १२ करोड २० लाख दुई हजार ३३८, नेपाल लाइफ इन्स्योरेन्स ११ करोड ८४ लाख ५२ हजार ३७६, नेपाल पुनरबीमा कम्पनी १० करोड ९१ लाख आठ हजार १३२ र शिवम् सिमेन्ट नौ करोड १४ लाख ६६ हजार ६४४ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए ।

नेप्सेका अनुसार इमर्जिङ नेपाल ९.९८, सगरमाथा इन्स्योरेन्स ६.६४, सोल्टी होटल ६.५१, युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.८१ र नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले ४.८७ प्रतिशतले कमाए । नेपाल दूरसञ्चार कम्पनी ५.१३, मैलुङ खोला जलविद्युत् कम्पनी ४.८६, सिङ्गटी हाइड्रोपावर ३.९१, माउण्टेन हाइड्रो ३.४५ र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.२७ प्रतिशतले गुमाए ।

ताजा खबर