नेपाल र साउदी अरबबीच जेनरल को-अपरेसन एग्रिमेन्टमा हस्ताक्षर

२०७८ चैत १ मंगलबार १२:३६:०० मा प्रकाशित

काठमाडौं । नेपाल र साउदी अरबबीच जेनरल कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी समकक्षी फैजल बिन फरहान बिनबीच मंगलबार बिहानसम्झौतापत्रमा हस्ताक्षर भएको हो । परराष्ट्र मन्त्रालयमा आयोजित भेटवार्तापछि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

मन्त्रिपरिषद् बैठकले गत साता उक्त सम्झौतामा हस्ताक्षरका लागि स्वीकृति दिएको थियो । नेपाल र साउदी अरबबीच राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा सहकार्यका लागि उक्त सम्झौताले मार्गनिर्देश गर्नेछ ।

नेपालको औपचारिक भ्रमणका लागि २३ सदस्यीय टोलीको नेतृत्व गर्दै साउदी राजकुमारसमेत रहेका विदेशमन्त्री फैजल सोमबार साँझ काठमाडौं आएका छन् । आजै उनले  प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम छ । यसपछि साउदी विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री खड्काले दिवाभोज दिने कार्यक्रम छ । विदेशमन्त्री फैजल आजै बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ।

ताजा खबर