निजामती कर्मचारी सङ्गठनमा कोइराला चयन

२०७८ चैत १ मंगलबार ०८:४७:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशनले लेखनाथ कोइरालाका अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ ।

उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिए । अधिवेशनले उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह, महासचिवः जीवन काफ्ले, उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदी, सचिवहरुमा देवेन्द्र ढकाल, वामदेव ओली, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णुकुमारी अधिकारी र.कोषाध्यक्षमा गणेशप्रसाद आचार्यलाई चयन गरेको छ ।

मुलुकभरबाट करीब एक हजार प्रतिनिधि सहभागी अधिवेशनको गत फागुन २८ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँमा उद्घाटन गरेका थिए । विसं. २०४७ वैशाख ७ गते सङ्गठनको स्थापना भएको थियो ।

ताजा खबर