माल्दिभ्समा सार्वजनिकस्थलमा जाँदा अब मास्क लगाउनु नपर्ने

२०७८ फाल्गुण ३० सोमबार २१:३८:०० मा प्रकाशित

माल्दिभ्समा कोभिड नियन्त्रणका लागि अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्थालाई अन्त्य गरिएको छ । कोभिड–१९ महामारीका कारण सन् २०२० को डिसेम्बरदेखि सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउनुपर्ने नियम लगाइएको थियो ।

राष्ट्रपति इब्राहिम मोहमद सोलिहले आइतबार देशभर कोभिड–१९ नियन्त्रणका लागि लागू गरिएको सार्वजनिक स्वास्थ्यका लागि आकस्मिक व्यवस्था हटाउने निर्णयको घोषणा गरेपछि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने दिशानिर्देशलाई संशोधन गरेको हो ।

सार्वजनिक स्थानमा मास्क लगाउनु अब अनिवार्य नभए पनि ठूला जमघट जस्ता अवस्थामा लगाउनु उचित हुने एचपीएले बताएको छ । अस्पताल तथा स्वास्थ्य सेवा केन्द्रहरूमा र कोभिड–१९ को सङ्क्रमण दर २० प्रतिशत रहेको क्षेत्रमा भने सावधानी स्वरूप मास्क अनिवार्य रूपमा लगाउनु पर्ने एचपीएले बताएको छ ।

ताजा खबर