थप ५८ जनामा कोरोना संक्रमण, १४८ जना संक्रमणमुक्त

२०७८ फाल्गुण ३० सोमबार १५:५६:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७७९८७ पुगेको छ । त्यस्तै १४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९६१२१८ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रलायले जनाएको छ । क्वारेन्टाइनमा १०६ जना छन् भने आइसोलेसनमा ४,८१९ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर