सामुदायिक विद्यालयको अवस्था बुझ्न स्थलगत अध्ययनमा मेयर

२०७४ पौष १५ शनिबार ०७:३९:०० मा प्रकाशित

उर्लाबारी, १५ पुस । उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागो आफ्नो नगरभित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, दरबन्दी लगायतका विषयमा अनुगमन गर्न थालेका छन्।

शुक्रबार नगरपालिकाका शिक्षा प्रमुख अविकेशर सिग्देल, स्रोत शिक्षक पूर्णप्रसाद घिमिरेले उर्लाबारी–६ को राधिका मावि, उर्लाबारी–७ को राधिका मावि, उर्लाबारी–८ को अरनिको मावि र लक्ष्मी मावि, उर्लाबारी–९ स्थित सार्वजनिक मावि र प्रभात आधारभूत विद्यालय, उर्लाबारी–१ स्थित बालज्योति आधारभूत विद्यालय, उर्लाबारी–२ स्थित सुनझोडा माविमा गएर विद्यालयको शैक्षिक, भौतिक अवस्थाको जानकारी लिए। 

 मेयर फागोले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि प्रविधियुक्त शिक्षण, पुस्तकालय, कम्प्यूटर तथा विज्ञान प्रयोगशालाको व्यवस्था गरिने आश्वासन दिए । उनले विद्यार्थी संख्याका आधारमा दरबन्दी निर्धारण, विद्यालयका शौचालय, खानेपानीको व्यवस्थापन लगायतको उचित प्रवन्ध गरिने बताए ।

 विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले विद्यालयका समस्या र आवश्यकता मेयर फागोलाई जानकारी दिए।

ताजा खबर