प्रकाश सपुतको गीतबाट कोही पनि उत्तेजित हुनुपर्दैनः प्रचण्ड

२०७८ फाल्गुण ३० सोमबार ०९:२९:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतको गीत ‘पीर’ बाट उत्तेजित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

सोमबार सुदूरपश्चिममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गीतलाई लिएर कोही उत्तेजित हुनुपर्ने अवस्था नरहेको बताएका हुन् । उनले माओवादी जनयुद्धलाई लिएर गर्व गर्ने र वर्वाद पार्यो भन्ने दुबै पक्ष रहेको बताए ।

यो तर्कवितर्कलाई स्वाभाविकरुपमा लिनुपर्ने बताए । उनले भने, तर्क वितर्क हुन्छन्, त्यसलाई स्वाभाविकरुपले लिनुपर्छ ।’ उनले माओवादी जनयुद्धबारे सयौं वर्षसम्म बहस भइरहने बताए ।

ताजा खबर