रुसद्धारा युक्रेनको सैन्य तालिम केन्द्रमा क्षेप्यास्त्र आक्रमण, ३५ जनाको मृत्यु

२०७८ फाल्गुण ३० सोमबार ०८:२७:०० मा प्रकाशित

रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको १८ दिनमा युक्रेनको पश्चिमी शहर याभोरिभमा रहेको शैन्य तालिम केन्द्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । छिमेकी मुलुक पोल्याण्ड प्रवेश गर्न लागेका युक्रेनी नागरिकहरु आक्रमणको निसानामा परेका छन् । घटनामा ३५ जनाको मृत्यु भएको छ भने १ सय ३४ जना घाइते भएका छन् ।

बीबीसीले विष्फोटपछि घटनास्थलमा ठूलो खाडल भएको र नजिकैको भवनमा आगलागीका कारण धुवाँको मुस्लो निस्किएको जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार क्षेप्यास्त्र प्रहारले रातिको समय आकाश पूरै रातो भएको थियो । पछिल्लो आक्रमणले द्वन्द्व चाँडै पश्चिमका हालसम्मका शान्तिपूर्ण क्षेत्रहरूमा फैलिने त्रास बढेको छ ।

ताजा खबर