साउदी राजकुमार सोमबार नेपाल आउने

२०७८ फाल्गुण २९ आइतबार २१:२३:०० मा प्रकाशित

काठमाडौं । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले यही फागुन ३० देखि चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग आगामी चैत १ गते भेटवार्ता गर्ने तथा उनले नेतृत्व गरेकोे प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज  आयोजना गर्नेछन् ।

 

ताजा खबर