राज्य विधिमा नहिँडेमा अर्थतन्त्र बिग्रने र त्यसको भयावह परिणामः अध्यक्ष ओली

२०७८ फाल्गुण २९ आइतबार २०:४६:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र भयाभवह ढंगले ओरालो लागेको बताएका छन् । आइतबार पार्टीको उद्योग वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको छलफलमा अध्यक्ष ओलीले अर्थतन्त्रका हरेक सूचक कमजोर बनेको र यो चिन्ताको विषय भएको बताएका हुन् ।

अध्यक्ष ओलीले राज्य विधिमा नहिँडेमा अर्थतन्त्र बिग्रने र त्यसको भयावह परिणाम आउने बताए । उनले सरकार जनताको अभिमतबाट निर्माण हुनुपर्ने पनि बताए ।

उनले भने,‘प्रजान्त्रमा सरकार परिर्वतन हुने ठाउँबाट हुनुपर्छ । जनातको अभिमतबाट सरकार निमार्ण हुन्छ । असंवैधानिक, अलोकतान्त्रित्र र असंसदीय तरीकाले परिवर्तन गर्न उचित हुँदैन ।’ उनले आफू सरकारमा रहँदा आर्थिक विकासलाई राष्ट्रिय एजेन्डा बनाएको र धेरै विकास गरेको दावी गरे ।

उनले कोरोना महामारी सुरु हुनुअघि आफ्नो सरकारले देशलाई तीव्र विकास गरिरहेको देशको उच्च सूचीमा पुर्याएको दावी गरे । उनले विश्व बैंकले हामीलाई दक्षिण एशियाको राइजिङ स्टार भनेकोसमेत बताए ।

ओलीले हालको सरकारले बजेट संशोधन गरेर अनावश्यक फुर्तिफार्ति देखाएको समेत टिप्पणी गरे । उनले ओलीले अहिलेको सरकारले अनुशासनहीन तरिकाले पैसा बाँडेको आरोप समेत लगाए ।


 

ताजा खबर