बेलायतमा क्रिप्टोकरेन्सी अवैध

२०७८ फाल्गुण २९ आइतबार १४:५६:०० मा प्रकाशित

बेलायतमा क्रिप्टोकरेन्सीका सबै एटीएमहरू अवैध रूपमा सञ्चालन भएको निष्कर्ष निकाल्दै बन्द गर्न आदेश दिएको छ । फाइनान्सल कन्डक्ट अथोरिटी (एफसीए) ले त्यस्ता उपकरणहरू बन्द गर्नुपर्ने नत्र कारबाही गरिने चेतावनी दिएको छ ।

क्रिप्टो–एटीएमहरू पनि अरू एटीएमजस्तै देखिन्छन् । यद्यपि तिनबाट मानिसहरूले आफ्नो बैंकका कार्ड प्रयोग गरेर बिटकोइनजस्ता क्रिप्टोकरेन्सी किन्न सक्छन् । तर बेलायतमा क्रिप्टोकरेन्सीसम्बन्धी सेवा प्रदान गर्ने कुनै पनि कम्पनीले अनुमति लिएका छैनन् । क्रिप्टो–एटीएमको सूची प्रकाशित गर्ने कोइन एटीम रेडारका अनुसार बेलायतमा ८१ वटा क्रिप्टो–एटीएम चलिरहेका छन् ।

एफसीएले क्रिप्टोकरेन्सीसम्बन्धी व्यापारमा संलग्न भएका तर सम्पत्ति शुद्धीकरण जाँच गर्न नियामक निकायमा आफ्नो व्यवसाय दर्ता नगरेका कम्पनीहरूको सूची प्रकाशित गरेको छ । त्यस्तो सूची प्रकाशित गरेपछि ११० वटा त्यस्ता कम्पनीहरूले किनबेच रोकेको उसले जनाएको छ।

ताजा खबर