सुडानमा हिंसा अन्त्यका लागि संयुक्त राष्ट्रसंघको आग्रह

२०७८ फाल्गुण २९ आइतबार १३:२८:०० मा प्रकाशित

संयुक्त राष्ट्रसंघले सुडानमा हिंसा अन्त्यका लागि आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघले पछिल्ला केही दिनमा डार्फोरमा जारी रहेका हिंसाको तत्कालै अन्त्य हुनुपर्ने पनि बताएको छ ।

केही समयदेखि यहाँ जारी रहेको हिंसाले धेरै नागरिकको ज्यान गएको भन्दै यसको अन्त्य गरेर शान्तिपूर्ण प्रक्रियाबाट समस्याको समाधान खोज्नुपर्नेमा संयुक्त राष्ट्रसंघले जोड दिएको हो ।

सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनले शनिबार सो आग्रह गरेको हो । सो मिसनले विज्ञप्ति प्रकाशन गरेर यहाँका सबै पार्टीहरुलाई हिंसा त्यागेर शान्तिपूर्ण वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो । यसअघि गत हप्तामात्र पनि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि अहिलेको हिंसा अन्त्य गरेर संयुक्त राष्ट्रसंघको मध्यस्थताका माध्यमबाट शान्ति स्थापना गर्न चाहेको बताएका थिए ।

महासचिव गुटर्रेसले भने, ‘सबैभन्दा पहिला त हामी यहाँको सरकारलाई हिंसा रोक्न आग्रह गर्दछौँ, हालैका दिनमा भएका प्रदर्शनहरुमा गरिएको जस्तो दमन तत्कालै बन्द गर्न पनि आग्रह गर्दछौँ ।’ सुडानमा राजनीतिक संकट गहिरिँदै जाँदा आन्दोलन चर्किएको छ । जसका कारण यहाँ प्रतिदिन हिंसा भएका समाचार आइरहेका छन् ।

ताजा खबर