साउदी अरबद्वारा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड

२०७८ फाल्गुण २८ शनिबार २२:४५:०० मा प्रकाशित

साउदी अरबले शनिबार आतंकवादसँग सम्बन्धित विभिन्न अपराधमा एकैदिन ८१ जनालाई मृत्युदण्ड दिएकोे छ । यो राज्यमा गत वर्षको मृत्युदण्डको कूल सङ्ख्याभन्दा बढी हो ।

उनीहरू सबैलाई घोर अपराध गरेकोमा दोषी ठहर गरिएको थियो । उनीहरू इस्लामिक स्टेट समूह, यमनको हुथी विद्रोही सेना र अल–कायदासँग सम्बद्ध रहेको मानिएका कैदीहरू सहित ‘आतंकवादी संगठनहरू’ मा आवद्ध रहेको जनाइएको छ ।

अदालतका अनुसार उनीहरूले महत्वपूर्ण आर्थिक स्थलहरूमा आक्रमण गर्ने योजना बनाएका, सुरक्षा बलका सदस्यहरूलाई निसाना बनाएका वा हत्या गरेका र देशभित्र हतियार लुकाएका अदालतको फैसलामा जनाइएको एसपिएले उल्लेख गरेको छ । ८१ जनामध्ये ७३ साउदी नागरिक, सात यमनी र एक सिरियाली नागरिक थिए ।

एसपीएका अनुसार मृत्युदण्ड पाएका सबैलाई साउदी अदालतमा मुद्दा लगाइएको थियो र प्रत्येक व्यक्तिको लागि तीन अलग–अलग चरणमा १३ जना न्यायाधीशले मुद्दामाथि सुनुवाई गरेका थिए । तेलका लागि विश्वकै धनी खाडी मुलुकमा विश्वकै सबैभन्दा धेरै मृत्युदण्ड दर छ ।

ताजा खबर