एमाले आगामी निर्वाचनमा बलियो शक्तिका रूपमा उदाउँछः महासचिव पोखरेल

२०७८ फाल्गुण २८ शनिबार १६:३०:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरलले सङ्गठनको सामथ्र्य निर्माणका लागि टोलटोलमा सङ्गठन विस्तार गर्न आवश्यक रहेको बताएका छन् ।

स्थानीय तह निर्वाचन केन्द्रित शनिबार आयोजित पार्टी प्रशिक्षणमा महासचिव पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएका सबै शक्ति एमालेमा रहेकाले आगामी निर्वाचन बलियो शक्तिका रूपमा उदाउने दाबी गरे । महासचिव पोखरेलले भने, “पार्टी विभाजनको मुख्य एजेण्डा एक व्यक्ति, एक पद र एमसीसी रहेकामा आज ती दुवै एजेण्डा सत्ता गठबन्धनमा सामेल पार्टीका नेतृत्वबाटै कति पालना भयो, भएन भन्ने देखिसकिएको छ ।”

आगामी निर्वाचनका माध्यमबाट पार्टीको नेतृत्वमा सरकार गठन हुने दाबी गर्दै उनले नेपालको संसदीय प्रणालीमा दलीय अनुशासन उल्लङ्घन गर्ने कार्यबाट राजनीति दिशाविहीन बन्न राजनीतिक निर्वाचनका माध्यमबाट ठिक मार्गमा ल्याइने बताए ।

आकाश, जमिन र समुद्रमा पनि नेपालको अधिकार स्थापितका लागि ओली नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको दाबी गर्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा जनताले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरे ।

ताजा खबर