वीरगंजका मेयर एमाले प्रवेश

२०७८ फाल्गुण २८ शनिबार १५:०२:०० मा प्रकाशित

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गरेका छन्। शनिबार वीरगंजमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरावगीलाई पार्टी प्रवेश गराएका हुन् । जनता समाजवादी पार्टी (जसपा) त्यागेर सरावगी नेकपा एमाले प्रवेश गरेका हुन् ।

सरावगीसँगै महानगरपालिका दुई वडा अध्यक्ष पनि एमाले प्रवेश गरेका छन्। वडा नम्बर १४ का वडा अध्यक्ष भरत कुर्मी, वडा नम्बर २५ का वडा अध्यक्ष बिसराज राउत कुर्मी, माओवादीका केन्द्रीय सदस्य बाबुराम दकौसिक लगायत २० जना भन्दा बढी पनि एमाले प्रवेश गरेका छन् । सरवगी एमालेबाट फेरि वीरगंजको मेयरमा चुनाव लड्ने बताइएको छ ।

ताजा खबर