आगलागीबाट भारतको नयाँदिल्लीमा सातजनाको मृत्यु

२०७८ फाल्गुण २८ शनिबार ११:३८:०० मा प्रकाशित

भारतको नयाँ दिल्लीमा शनिबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । नयाँदिल्लीको उत्तरतर्फ रहेको गोकल्पुर भन्ने स्थानमा रहेका घर टहराहरुमा शनिबार बिहान अकस्मात आगो लागेको थियो ।

आगोले कम्तीमा पनि सात जनाको ज्यान लिएको र अरु केही घाइते भएका अधिकारीहरुले जनाएका छन् । एकजना उद्धारकर्मीले दिएको जानकारीअनुसार सो क्षेत्रमा ६० वटा घर टहरा रहेका र ती सबैलाई आगोले छोएको थियो ।

आगो ती सबै घरमा पुगेको र पछि दमकलले नियन्त्रणमा लिएको ती अधिकारीले जानकारी दिए । के कति कारणले आगो लागेको हो भन्ने बारेमा प्रहरीले अुनसन्धान थालेको जनाएको छ ।

ताजा खबर