फाइजर खोपले बालबालिकामा ओमिक्रोन संक्रमणको कम जोखिम

२०७८ फाल्गुण २८ शनिबार ११:०२:०० मा प्रकाशित

कोभिड विरुद्धको फाइजर खोपले बालबालिकामा ओमिक्रोन संक्रमणको जोखिम कम गराएको एक अध्ययनले देखाएको छ । अमेरिकामा भएको एक अध्ययनले फाइजरको दुई मात्रा खोपले यो संक्रमणमा उल्लेखनीय रुपमा कमी गराएको पाइएको हो ।

अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रालले गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको बताइएको छ । यो खोप लगाएका ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धान सन् २०२१ को जुलाईदेखि यसवर्षको फेब्रुअरी महिनासम्मको गरिएको थियो ।

अध्ययनबाट फाइजर खोपको दुई मात्रा खोप लगाएका ५ देखि १२ वर्षका बालबालिकामा ओमिक्रोनको संक्रमण ३१ प्रतिशतले कम भएको देखिएको थियो । त्यसैगरी १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा यो जोखिम ५९ प्रतिशत कम भएको देखिएको सिडीसीले जनाएको छ ।

ताजा खबर